प्रतिक्रियावादीको सेवामा समर्पित हुन पार्टी फुटाएर चोइटो बुझाए : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिक्रियावादीको सेवामा समर्पित हुन पार्टी फुटाएर चोइटो बुझाए : ओली


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रतिक्रियावादीहरूलाई पार्टी फुटाएर चोइटो बुझाएको आरोप लगाएका छन् ।

एमालेनिकट खेलकुद महासङ्घ नयाँ केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘विधि र प्रक्रिया भन्दै प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर पार्टी फुटाएर चोइटो प्रतिक्रियावादीहरूलाई बुझाउने दुष्चेष्टा गरे । तर, तिनीहरूले वास्तविक सफलता प्राप्त गर्न सकेनन् ।’

उनले दुई तिहाइ नजिक पुगेको नेकपा पनि प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस