माओवादी धारका दलहरूको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी धारका दलहरूको बैठक बस्दै


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । माओवादी धारका दलहरूको बैठक बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन्। केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ। उक्त रिटमा आज शुक्रबार पहिलो सुनुवाइ हुनेछ।

पछिल्लो राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा नेताहरूबीच छलफल हुने बताइएको छ।

२०७६ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए।

उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस