राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।

उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । पौडेललाई आठ दलीय गठबन्धनको साथ थियो ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस