राष्ट्रपतिमा लगभग राष्ट्रिय सहमति भयो : रामचन्द्र पौडेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिमा लगभग राष्ट्रिय सहमति भयो : रामचन्द्र पौडेल


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेलले लगभग राष्ट्रिय सहमति भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा उभिने निर्णय गरेपछि उनले यस्तो बताएका हुन् ।

मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘अब राष्ट्रिय सहमति भयो । लगभग राष्ट्रिय सहमतिमा पुगियो । अब निर्वाचनको परिणामको प्रतीक्षामा छौँ ।’

उनले राष्ट्रलाई सही दिशातिर अगाडि लानको लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । पौडेलसँग एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस