मोदी इनर्जीको आइपीओ बिक्री खुला « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मोदी इनर्जीको आइपीओ बिक्री खुला


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । मोदी इनर्जी लिमिटेडले आज (बिहीबार)देखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधरण सेयर (आइपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०५ अर्थात् २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो . यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा न.पा. ३, मोदी गा।पा वडा नं. ५, २, ६ र कुश्मा न.पा. ८ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यता, जारी पुँजीको १५५ अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अङ्कित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १०५ अर्थात् ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

दुवै समूहका आवेदकहरूले चैत ९ गतेसम्म आइपीओ भर्न सक्नेछन्। यद्यपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा चैत २४ गतेसम्म आइपीओ बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैङ्कको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘आइआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस