मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : रामचन्द्र पौडेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : रामचन्द्र पौडेल


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली काँग्रेस) ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताइन् ।

उनले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरूले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस