राष्ट्रपतिका प्रतिस्पर्धी पौडेल र नेम्वाङले दिए एक अर्कालाई शुभकामना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिका प्रतिस्पर्धी पौडेल र नेम्वाङले दिए एक अर्कालाई शुभकामना


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धामा रहेका रामचन्द्र पौडेलले र सुवास नेम्वाङले एक अर्कालाई शुभकामना दिएका छन् ।

बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अङ्कमाल गरी शुभकामना साटासाट गरेका हुन् ।

राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो ।

निर्वाचनमा दुई पूर्व सभामुख पौडेल (काँग्रेस) र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । काँग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस