आसिफ शेख १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आसिफ शेख १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनेका छन् ।

क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यु गिनीविरुद्ध शुक्रबार ९० रन बनाएसँगै उनले १ हजार रन पूरा गरेका हुन् ।

रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एक दिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन् । आसिफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९० बल खेली १० चौका र २ छक्का प्रहार गरिसकेका छन् । आसिफ ९० रन बनाएर खेलिरहेका छन् ।

आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरेका थिए । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडीको यो दोस्रो ठुलो साझेदारी हो ।

यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए ।

नेपाली खेलाडीको दसौँ शतकीय साझेदारीमा यो छैटौँ उत्कृष्ट साझेदारी हो । आसिफले नेपालबाट सर्वाधिक ९ अर्ध शतक बनाइसकेका छन् ।

सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।

आसिफले अघिल्लो साता पपुवा न्यु गिनीविरुद्ध नै लिग २ को खेलमा दुबईमा अविजित ८६ रन बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस