राष्ट्रपति निर्वाचनमा नेमकिपा सहभागी नहुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति निर्वाचनमा नेमकिपा सहभागी नहुने


२५ फाल्गुन २०७९, बिहिबार


नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनमा नेमकिपाका एक संघीय सांसद र दुई प्रदेश सांसद मतदाता रहेका छन् ।

राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्बाङ छन् । मतदान नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस