राजा र राष्ट्रपतिबीचको फरक म देखाउँछु : रामचन्द्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राजा र राष्ट्रपतिबीचको फरक म देखाउँछु : रामचन्द्र


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरणका लागि आफूले संरक्षकको भूमिका निर्वाह गर्ने बताएका छन्।

संसद् भवनमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै पौडेलले गणतन्त्र स्थापनामा आफूले भूमिका खेलेको र यसको सुदृढीकरणका लागि संरक्षकको भूमिका खेल्ने बताएका हुन्।

उनले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु। केही दिनमै निर्वाचित भएमा तपाईँ (पत्रकार)हरूलाई पनि बोलाउने छु।’

पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भए सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य नगर्ने बताए।

आज राष्ट्रपतिको निर्वाचन हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस