नेकपा एसका सांसद पार्टी कार्यालयमा भेला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपा एसका सांसद पार्टी कार्यालयमा भेला


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । आज राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ।

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनका तर्फबाट काँग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मतदान हुँदैछ। मतदानमा सहभागी हुनुअघि नेकपा एकीकृत समाजवादीका सांसदहरू पार्टी कार्यालय आलोकनगरमा भेला हुने भएका छन्।

अध्यक्ष माधवकुमार नेपालले प्रदेश र संघीय सांसदहरूलाई १० बजे पार्टी कार्यालयमा उपस्थित हुन भनेका छन्। त्यसपछि सबै जना मतदानका लागि प्रस्थान गर्ने नेकपा एसले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस