राष्ट्रपतिका दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न सकेनौँ : राजेन्द्र लिङ्देन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिका दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न सकेनौँ : राजेन्द्र लिङ्देन 


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपतिको दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न नसकेको कारणले तटस्थ बस्ने निर्णय गरेको बताएका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा बसको कार्यसम्पादन समितिको बैठकपछि सर्वसम्मत रूपमा मतदानमा सहभागी नहुने निर्णय गरेको बताए ।

उनले भने, ‘सैद्धान्तिक रूपमा राष्ट्रपति भन्ने संस्थासँग हाम्रो फरक मत छ । त्यो आफ्नो ठाउँमा छ । तर, त्यो भन्दापनि राष्ट्रपतिलाई संविधानले संवैधानिक, सेरोमोनियल, अभिभावकीय, निष्पक्ष संस्थाको परिकल्पना गरेको छ ।’

अहिले उम्मेदवार बनेका दुवैजना सक्रिय राजनीतिमा रहेको उनको भनाइ छ ।

‘उहाँहरू हालै मात्रै प्रतिनिधि सभामा फरक फरक राजनीतिक दलबाट निर्वाचित हुनुभएको छ। उहाँहरूबाट अभिभाविकय भूमिका र निष्पक्षता हामीले परिकल्पना गर्न सक्दैनौँ। त्यसैले यो निर्वाचनमा तटस्थ बस्न उचित हुन्छ भन्ने निष्कर्ष निकालेका हौँ’ अध्यक्ष लिङ्देनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस