ओलीले भने : राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीले भने : राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए ।

पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताए । उनले अगाडि भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो सङ्कीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुन सक्छन् । त्यसको खास अर्थ छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस