सुनको मूल्य तोलामा १ हजारले घट्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य तोलामा १ हजारले घट्यो


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य तोलामा १ हजारले घटेर १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदी ४० रुपैयाँ घटेको छ । चाँदी ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कायम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस