कुनै विदेशी प्रभुका सामु झुक्दैन : विष्णु रिजाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कुनै विदेशी प्रभुका सामु झुक्दैन : विष्णु रिजाल


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले कुनै शक्तिसामु नझुक्ने राष्ट्रवादी भएका कारण आफ्नो पार्टीलाई घेराबन्दीमा पारिएको दाबी गरेका छन्।

जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आफ्नो संविधान आफैँ बनाउँदा, नाकाबन्दीको डटेर सामना गर्दा, आफ्नो लुटिएको भूमिसहित नक्सा जारी गर्दा र चीनसँग पारवहन सम्झौता गर्दा हाम्रो पार्टीमाथि प्रहार गरिएको छ। तर, जति गरे पनि हामी कुनै विदेशी प्रभुका सामु झुक्दैनौँ।’

नेकपा एमालेद्वारा सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानका क्रममा आयोजित वडास्तरीय भेलामा केन्द्रीय सदस्य रिजालले राष्ट्रभक्त पार्टीका पक्षमा जनतालाई गोलबन्द गराउनुपर्नेमा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस