सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु


२३ फाल्गुन २०७९, मंगलबार


इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदल यात्री कार्कीलाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालक टहरी-५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस