इमरान खानलाई पक्राउ गर्न प्रहरी असफल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

इमरान खानलाई पक्राउ गर्न प्रहरी असफल


२२ फाल्गुन २०७९, सोमबार


इमरान खान

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक-ए-इन्साफ पार्टीका नेता इमरान खानलाई लाहोरस्थित जमान पार्क निवासबाट आइतबार पक्राउ गर्न असफल इस्लामावाद प्रहरी भएको छ । 

जमान पार्क पुग्नुअघि इस्लामाबाद प्रहरीले ट्विटरमा इमरान खान विरुद्ध गैर जमानती वारेन्ट जारी भएको र प्रहरीको टोली उनलाई पक्राउ गर्न लाहोर पुगेको जानकारी दिएको थियो । योसँगै इस्लामावाद प्रहरीले आफ्नो काममा हस्तक्षेप गर्नेलाई कडा कारबाही पनि गरिने उल्लेख थियो । 

तर यी सबै प्रयासपछि पनि इस्लामाबाद प्रहरीसले इमरान खानलाई पक्राउ गर्न सकेन । उनीहरूले इमरान खानका समर्थकहरूको विरोधको सामना गर्नुपरेको थियो।  यता, इस्लामावादको तल्लो अदालतले इमरान खानको गैर जमानती गिरफ्तारी वारेन्ट खारेज गर्ने निवेदन खारेज गरेको छ । सत्र न्यायाधीश जफर इकबालले तोशाखाना मुद्दामा इमरान खानको लागि गैर जमानती पक्राउ वारेन्ट जारी गरेका छन्। यस्तो अवस्थामा उनलाई मार्च ७ मा पेश गरिने अपेक्षा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस