बिर्तामोड नगर अस्पतालमा हेमोडायलासिस सेवा सुरु हुँदै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिर्तामोड नगर अस्पतालमा हेमोडायलासिस सेवा सुरु हुँदै 


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा अब हेमोडायलासिस सेवा शुरु हुने भएको छ।

रोटरी क्लब अफ बिर्तामोडको पहलमा खरिद गरिएको हेमो डायलासिस मेसिन सोमबार बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरेपछि बिर्तामोड नगर अस्पताललाई हेमोडायलासिस सेवा आरम्भ गर्ने बाटो खुलेको हो।

उक्त सेवा सञ्चालनका लागि प्राविधिकको व्यवस्था पनि बिर्तामोड नगरपालिकाले गरिसकेको छ। रोटरियनहरूको मानवीय सहयोगमा खरिद गरिएको ६ वटा हेमो डायलासिस मेसिन बिर्तामोड नगर अस्पतालले प्राप्त गरेको हो।

डायलासिस मेसिनका साथै डायलासिस गर्ने कक्षमा चाहिने सबै उपकरण रोटरीले खरिद गरेर प्रदान गरेको हो। सोमबार एक कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँले डायलासिस कक्षको उद्घाटन गरिन्।

ती उपकरणहरू प्राप्त गरेसँगै मिर्गौला रोगीहरूले डायलासिस गर्न अन्यत्र जानु नपर्ने बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईँले बताइन् ।

डायलासिस कक्षमा चाहिने सबै उपकरण तथा तालिम आयोजनाका लागि रोटरीले करिब ८० लाख रुपैयाँ खर्चेको हो।

यी सबै सहयोग रोटरी क्लब अफ बिर्तामोड तथा रोटरी क्लब अफ मापुसा गोवा भारतको संयुक्त पहलमा रोटरी फाउण्डेसनले उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण बिमलीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस