दार्चुलामा चितुवा मृत फेला « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दार्चुलामा चितुवा मृत फेला


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । दार्चुलाको शैल्यशिखरमा एक चितुवा मृत फेला परेको छ । शैल्यशिखर नगरपालिका-२ स्थित कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीय शङ्कर जोशीले जानकारी दिए ।

पाँच फिट तीन इन्च लम्बाई र दुई फिट एक इन्च चौडाइ रहेको चितुवा सोमबार मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले बताए । चितुवाको टाउकोमा गहिरो चोट लागेको उनले बताए । 

चितुवा पानी पिउन घट्टेखोलामा आउँदा भिरबाट लडेर मरेको हुन सक्ने अनुमान गरिएको छ । चितुवालाई प्रहरी, सवडिभिजन वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयको रोहबरमा गोकुलेश्वर अस्थायी प्रहरी पोस्ट नजिक गाडेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस