यूएईमाथी नेपालको सानदार जित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

यूएईमाथी नेपालको सानदार जित


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई ४२ रनले हराएको छ ।

नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्यो ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायो । ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लार्काले २-२ विकेट लिए ।

यो जितसँगै नेपालले आईसीसी विश्व कप क्रिकेट लिग-२ को पाँचौँ स्थानमा उक्लिएको छ । सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस