राष्ट्रपतिका लागि पौडेलले मागे लिङ्देनसँग भोट « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

राष्ट्रपतिका लागि पौडेलले मागे लिङ्देनसँग भोट


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन्। सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरूसँग भोट मागेका हुन्।

जवाफमा अध्यक्ष लिङ्देनले संस्थागत निर्णय हुने जवाफ दिएका छन्।

संस्थागत रूपमा राजतन्त्रको पक्षमा उभिदै आएको राप्रपा राष्ट्रपति चुनावमा मतदान गर्ने कि नगर्ने निर्णय गरेको छैन।

पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन हुने दुवै मत भएका कारण फागुन २४ गते मात्रै निर्णय लिने राप्रपाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस