राष्ट्रपतिका उम्मेदवार नेम्वाङले मागे मत, देउवाले दिए यस्तो जवाफ  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले मागे मत, देउवाले दिए यस्तो जवाफ 


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले काँग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।

श्रोतका अनुसार भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उम्मेदवार रहेको बताए । जवाफमा देउवाले ‘तपाईँ राम्रो उम्मेदवार भएको’ भन्दै राष्ट्रपतिमा आफ्नै उम्मेदवार रहेको स्मरण गराए । काँग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन् ।

नेताहरुबीच राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको छ । नेम्वाङले राष्ट्रका महत्त्वपूर्ण विषयहरूमा ठूला दल (काँग्रेस र एमाले) एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो । जवाफमा देउवाले काँग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताएका श्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस