चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै गएको छ।

फागुन ३ गते बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागीबाट गम्भीर घाइते भएका सांसद भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ।

भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरू सामान्य हुँदै गएको  उपचारमा  संलग्न चिकित्सकहरूले बताएका छन्।

फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएकी थिइन । हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।सांसद भण्डारीलाई भने थप उपचारका लागि मुम्बई लगिएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस