कर्मचारीलाई सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कर्मचारीलाई सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । क्यानडामा सरकारी उपकरणमा सामाजिक सञ्जाल टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । क्यानडाका प्रधानमन्त्रीले आइतबार संघीय कर्मचारीले सरकारी काम-कारबाहीका लागि प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटक चलाउन नपाउने बताएका हुन् ।

गएको हप्ता युरोपियन युनियनले साइबर सेक्युरिटीका कारण सरकारी कर्मचारीले प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटक चलाउन अस्थायी रूपमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिकामा पनि आधाभन्दा बढी राज्य र काँग्रेसले आधिकारिक सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । संघीय कर्मचारीलाई उनीहरूको कामका उपकरणहरूबाट एप हटाउन ३० दिनको म्याद समेत दिइएको छ ।

टिकटक बाइटडान्स नामक कम्पनीको स्वामित्वमा रहेको एप हो । उक्त चिनियाँ कम्पनीको मुख्यालय सिंगापुरमा अवस्थित छ ।

टिकटकले सुरक्षा र डाटा गोपनीयताका विषयमा युरोप र अमेरिकाबाट कडा छानबिनको सामना गरिरहेको छ । टिकटकमार्फत प्रयोगकर्ताको डाटा दुरुपयोग भएको हुन सक्ने अमेरिकालगायत देशको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस