काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको सदस्यमा प्रा. डा. अजय भट्टराई नियुक्त भएका छन् ।
शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको समितिले सिफारिस गरेअनुसार कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भट्टराईलाई नियुक्त गरेका हुन् ।
नियुक्तिपछि भट्टराईले बुधबार नै पदबहाली समेत गरिसकेका छन् । त्रिवि सेवा आयोगको सदस्य पद गत मंसिरदेखि रिक्त थियो ।
भट्टराई महेन्द्र मोरङ क्याम्पस, विराटनगरको रसायन विज्ञान विभागका विभागीय प्रमुख समेत हुन् ।