भोट माग्न राप्रपा कार्यालय जाँदै काँग्रेस नेताहरू  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोट माग्न राप्रपा कार्यालय जाँदै काँग्रेस नेताहरू 


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले आज साँझ राप्रपाका नेताहरूलाई भेट्ने भएका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेहरुलाई भेट्न लागिएको एक नेताले बताए । काँग्रेस र राप्रपाका नेताहरूको भेट साँझ ६ बजे राप्रपाको पार्टी कार्यालयमा हुनेछ ।

राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । काँग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस