सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । ग्यास लिक भएर आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरु सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन् ।

उनका ठूलो दाजु मीन भण्डारीका अनुसार अहिले सबै स्वास्थ्य पारामिटरहरु सामान्य छन् । सोमबार ड्रेसिङ गर्ने तयारी गरिएको छ । कलमी छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ । स्थ्यास्थ्यमा सुधार भइरहेको छ । डाक्टर र अस्पताल प्रशासनद्वारा आगन्तुकहरूलाई कडाइका साथ निषेध गरिएको छ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

सोही दिन सांसद भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो। जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस