झलनाथलाई भेट्न डल्लु पुगे रामचन्द्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झलनाथलाई भेट्न डल्लु पुगे रामचन्द्र


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालसँग भेट गरेका छन्। सोमबार बिहान खनाल निवास डल्लु पुगेर नेता पौडेलले भेट गरेको उनको सचिवालयले जनाएको छ।

आठ दलको साझा उम्मेदवार पौडेल र खनाल बिचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

Tags :
प्रतिक्रिया दिनुहोस