रामचन्द्र पौडेल पुगे माधव नेपाल निवास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रामचन्द्र पौडेल पुगे माधव नेपाल निवास


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेका छन्। 

अध्यक्ष नेपालका भाइ सरोज नेपालको परिवारलाई समवेदना दिन पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन्।

शनिवार अध्यक्ष नेपालका भाइ सरोजको छतबाट खसेर मृत्यु भएको थियो। ‘पौडेलले नेपाल र उहाँका भाइ सरोज नेपालको परिवारलाई भेटेर समवेदना दिनुभएको हो, ’भेटबारे पौडेलको सचिवालयको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस