ए डिभिजन लिगमा आज तीन खेल हुँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन्।

अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ ।

जसअनुसार दिउँसो साढे २ बजे दशरथ रङ्गशालामा त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल यूथ क्लबसँग भिडनेछन् । यो खेल भने ५:३० मा सुरु हुनेछ ।

उता, अपराह्न साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो यूथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस