सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास


२० फाल्गुन २०७९, शनिबार


डोटी । डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को सहकार्यमा शुक्रबार दिपायल राजपुर बजारमा सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण र सुरक्षा सचेतनामूलक कार्यक्रमको कृत्रिम घटना अभ्यास गरिएको हो ।

खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागी सम्बन्धी नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए ।

उनले भने सिलिन्डर ग्यासका कारणले हुने आगलागी जन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ ग्यासमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउन सचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए ।

विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा जानकारी हुन आवश्यक रहेको समेत प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

कृतीम घटना अभ्यासमा सिलिन्डर ग्यासमा आगलागी भएपछिको अवस्था र आगलागी पश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको बारेमा अभ्यास गरिएको थियो । प्रक्रिया अनुसार सुरुवात देखि अन्तिम सम्म गरिएका विभिन्न चरणहरू हेर्दा साँच्चीकै सिलिन्डर ग्यासमा आगलागी भए जस्तो आभाष भएको कृत्रिम घटना अभ्यासमा सहभागी स्थानीयहरूले बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले डोटीमा समय समयमा प्राकृतिक प्रकोप जन्य कार्य आगलागी, भूकम्प, बाढीपहीरोबाट सुरक्षित रहन सचेतनाका लागि कृत्रिम घटना अभ्यास गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस