आश्रित भएर बस्नुपर्ने सङ्घीयता किन चाहियो ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आश्रित भएर बस्नुपर्ने सङ्घीयता किन चाहियो ?


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रहरी नहुँदा जहान दुर्घटनामा निरीह बनेको बताएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै अधिकारीले प्रदेश प्रहरी नहुँदा आपत् विपत् पर्दा प्रहरी परिचालन गर्न नसकेको सुनाए ।

‘जहाज दुर्घटना भयो । १५ मिनटेमा घटनास्थलमा म पुगे । त्यहाँ गएर पुलिस चलाउन पाइनँ, त्यहाँ रेस्क्यु छिटो गर्ने कुरा केही गर्न सकिनँ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘दुर्घटनामा दौरा सुरुवाल लगाएर पुगे, नमस्कार गर्दै बाटो छाड्नुस् बाहेक केही गर्न सकिनँ न उद्धार गर्ने अधिकार प्रदेश सरकारलाई छ ।’ 

अधिकारीले यस्ता दुर्घटनामा प्रदेश सरकार निरीह बन्नुपरेको अवस्था सुनाए । अधिकारीले भने, ‘सङ्घीयता भनेको सबैले बुझ्ने प्रदेश संरचना हो । स्थानीय सरकारमा गाविस, गाउँ पञ्चायत थिए नै । यसरी आश्रित भएर बस्नुपर्ने सङ्घीयता किन चाहियो ?’

प्रदेश सरकारसँग आफ्नो राजस्वको स्रोत पनि नभएको अधिकारी बताउँछन् । उनले प्रदेश सरकारसँग आफ्नै जग्गामा भवन पनि नभएको सुनाए ।  उनले छिट्टै मुख्यमन्त्रीहरूको सम्मेलन गर्ने तयारी गरेको सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस