नेपाललाई १८० रनको लक्ष्य « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपाललाई १८० रनको लक्ष्य


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीविरुद्धको खेल जित्न १ सय ७८ रनको लक्ष्य पाएको छ । टस जितेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनी शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भयो । 

ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । उनले ५१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए । सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए ।

हिरी हिरीले ३१ रन बनाए । उनले ६३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । गौडी टिका १५, चाड सोपर र रिलेय हेकुरे समान ९ रनमा आउट भए । नोर्मन भानुआ १४ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २-२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३० र सोमपालले १० ओभरमा ३९ रन खर्चे । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

लिग-२ मा नेपालले पपुवा न्यु गिनीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । तीनै खेल दुबईमा भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन नेपालले आफ्नो बाँकी रहेको ६ मध्येको चार खेल जित्नु पर्नेछ । नेपाल ३० खेलमा २८ अंकसहित सात राष्ट्र सहभागी प्रतियोगितामा छैटौं स्थानमा छ ।

लिग-२ को शीर्ष तीन टोली जुलाई जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै पुग्ने छन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो र यूएई ३० खेलमा ३१ अंक जोडि पाँचौं स्थानमा छ । पपुवा न्यु गिनी ३० खेलमा ७ अंकसहित पुछारमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस