लोसपासँग नेम्वाङले मागे भोट, महन्थले दिए यस्तो जवाफ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लोसपासँग नेम्वाङले मागे भोट, महन्थले दिए यस्तो जवाफ


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग मत माग्ने क्रम जारी राखेका छन् । नेम्वाङले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई मत मागेका छन् । पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता लोसपा कार्यालय पुगेका थिए । 

एमाले सचिव भट्टराईले नेम्वाङको उम्मेदवारीप्रति महन्थ ठाकुर सकारात्मक रहेको र २४ गते बैठक बसेर निर्णय गर्ने बताएको जानकारी दिए । 

“सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न पार्टीको पक्षबाट आग्रह गरेका छौँ । २४ गते पार्टीको बैठक बसेर निर्णय गर्ने कुरा गर्नु भएको छ । सुवास नेम्वाङको उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया पाएका छौँ,” भट्टराईले भने ।

राष्ट्रपतिको निर्वाचनमा ह्विप नलाग्ने र सांसदहरूले विवेक पुर्‍याएर मत दिने भट्टराई बताउँछन् । उनका अनुसार अब नागरिक उन्मुक्ति र जनमुक्ति पार्टीलाई भेट्ने तयारी छ । 

लोसपाका नेता राजेन्द्र महतोले नेम्वाङलाई शुभकामना दिइएको बताए ।

नेम्वाङले बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को कार्यालय पुगेर मत मागेका थिए ।

२५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । पौडेल भने सांंसदहरुलाई प्रदेशस्तरमा भेला गर्दै मत मागिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस