पर्वतारोहणमा जाने सेनाको टोलीलाई आरोहण दस्तुर छुट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्वतारोहणमा जाने सेनाको टोलीलाई आरोहण दस्तुर छुट


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । सरकारले हिमालको सफाइ प्रयोजनका लागि आरोहणमा जाने नेपाली सेनाका लागि पर्वतारोहण आरोहण दस्तुर छुट दिएको छ । 

नेपाली सेनाले चलाउन लागेको सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा, ल्होत्से, बरुन्चे र अन्नपूर्ण हिमालमा जाने टोलीको सलामी दस्तुर छुट दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार नेपाली सेनाका कुल ३२ जना सदस्यलाई लाग्ने दस्तुर छुट दिइएको हो । जसमा सगरमाथा र ल्होत्सेमा १३, बरुन्चेमा ९ र अन्नपूर्ण हिमालमा १० जनाको टोलीले आरोहण गर्ने भएको छ । 

सगरमाथा आरोहणमा प्रमुख सेनानी किशोर अधिकारी, बरुन्चेमा सेनानी समिरबहादुर बस्नेत र अन्नपूर्णमा सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा टोली पठाउँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस