राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम मात्रै हुने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम मात्रै हुने


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । यही फागुन २५ गते राष्ट्रपति र आउँदो चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको चुनाव चिह्न हुँदैन । मतपत्रमा उम्मेदवारको नाम हुने र मत राख्ने ठाउँ हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस