जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु : उपाध्यक्ष अर्याल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु : उपाध्यक्ष अर्याल


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले देशभर प्रदेशदेखि पालिकासम्म जोडिएका महिला उपाध्यक्षको ‘नेटवर्क’ बनाएर अघि बढ्ने योजना रहेको बताएकी छन् ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा आज पत्रकारसँग कुराकानी गर्दै उनले महिलाको क्षमता अभिवृद्धिका लागि नेटवर्क बनाउन छलफल भइरहेको जानकारी दिइन् । उपाध्यक्ष अर्यालले गाउँपालिकाका अध्यक्ष, गाउँपालिका महासङ्घलगायत संस्थासँग समन्वय गरेर महिला नेतृत्व अभिमुखीकरण र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ भनिन् ।

उपाध्यक्ष अर्यालले पदीय सक्रियता बढाएर जिम्मेवारीलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नु छु, उपाध्यक्षको जिम्मेवारीभन्दा माथि जाने कुरा हुँदैन । पदीय मर्यादामा बसेर आफ्नो भूमिकाको गरिमा बढाउने अवस्था छ, महिला सांसदको क्षमता अभिवृद्धि तथा सदनमा प्रस्तुत भएका विधेयकबारे छलफल र सुझाव लिएर सहज वातावरण बनाउन सकिन्छ ।’

उनले उपाध्यक्ष पद उपेक्षित पद नरहेको जनाउँदै यही जिम्मेवारी र भूमिकालाई नेतृत्व विकास र निर्णायक क्षमता अभिवृद्धि गर्न समन्वय र सहकार्यका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस