गृहसचिव र प्रहरी प्रमुखलाई भेटेर बैंकर्स संघद्वारा सुरक्षा माग « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

गृहसचिव र प्रहरी प्रमुखलाई भेटेर बैंकर्स संघद्वारा सुरक्षा माग


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । बैंकमा काम गर्ने कर्मचारीले असुरक्षित हुन थालेपछि नेपाल बैंकर्स संघले गृह सचिव तथा नेपाल प्रहरीका प्रमुखलाई भेटेर सुरक्षा मागेको छ ।

सङ्घका अध्यक्ष सुनिल केसीको नेतृत्वमा गएको सङ्घको टोलीले गृह सचिव विनोदप्रकाश सिंह तथा धिरज प्रताव सिंहलाई भेटेर सुरक्षा मागेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने भन्दै अराजक गतिविधि बढ्न थालेको छ । केही स्थानमा बैंकका कर्मचारीलाई समेत हातपात समेत हुन थालेको छ ।

गृह सचिव र प्रहरी प्रमुखले बैंकर्स सङ्घको टोलीलाई सुरक्षा प्रदान हुने आश्वासन दिएका छन् । सङ्घका अध्यक्ष केसीको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष सन्तोष कोइराला तथा कार्यसमिति सदस्य सुदेश खालिङ तथा सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस