युएईविरूद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

युएईविरूद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ मा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दोस्रो सफलता हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन्।

युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अरविन्दलाई लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन्।

यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए।

केसीले मोहम्मद बासिमलाई शून्य रनमा बोल्ड गरे। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका थिए।

यो समाचार तयार पार्दासम्म युएईले २ विकेट गुमाएर १६ ओभरमा ६० रन बनाएर खेलिरहेको छ।

नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैटौँ पटक टस जितेका हुन्।

आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पनि खेल्दै छन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्।

अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस