भरतपुरमा युवती मृत फेला, ३ जना पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

भरतपुरमा युवती मृत फेला, ३ जना पक्राउ


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हुन् ।

उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरूले पासो काटेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

तीन जना युवतीले बस्नका लागि एक घरको फ्ल्याट भाडामा लिएका थिए । सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरूका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस