जनमोर्चा कोशी प्रदेश नामकरणबारे बेखबर ! « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जनमोर्चा कोशी प्रदेश नामकरणबारे बेखबर !


१८ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रदेश नम्बर १ को नामकरण भएकोबारे चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा बेखबर बनेको छ ।

बुधबार राति बसेको प्रदेश सभाको बैठकले दुई तिहाइ बहुमतका साथ प्रदेश नम्बर १ को नाम कोशी राख्ने प्रस्ताव पारित गरेको थियो ।

तर, बिहीबार बिहान अध्यक्ष केसीले एक विज्ञप्तिमार्फत प्रदेश १ को नाम पार्टीले प्रस्ताव गरेअनुसार कोशी राख्नुपर्ने र सोहीअनुसार मतदान हुनुपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो दलले संविधानसभामा प्रस्तुत गरेको राज्य पुनर्संरचना सम्बन्धी खाकामा सात वटा प्रदेशको नाम गण्डकी, लुम्बिनी, बागमती, कर्णाली, सेती–महाकाली, कोशी र जनकपुर प्रस्तावित गरेका थियौँ । त्यसै नामबाट अधिकांश प्रदेशहरूको नामाकरण भएको छ । प्रदेशका प्रस्तावित नामहरू मध्ये सम्बन्धित प्रदेश सभाहरूले आफ्नो प्रदेशको नाम गण्डकी, कर्णाली, बागमती र लुम्बिनी नामाकरण गरिसकेका छन् । प्रदेश नं १ ले पनि आफ्नो नाम कोशी प्रदेश राख्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

विज्ञप्तिमा जातीय वा क्षेत्रीय विग्रह पैदा हुने र त्यसबाट देशको राष्ट्रिय एकता खण्डित हुने गरी प्रदेशको नामकरणको विपक्षमा जनमोर्चा रहेको पनि स्पष्ट गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस