कर्णाली प्रदेश : माओवादी केन्द्रले छान्यो प्रमुख सचेतक र सचेतक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्णाली प्रदेश : माओवादी केन्द्रले छान्यो प्रमुख सचेतक र सचेतक


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त भएका छन् ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक र खड्कालाई सचेतकमा नियुक्त गरेको हो । सचेतक खड्का रुकुम पश्चिमकी समानुपातिक सांसद हुन् ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले लामो समयसम्म दलको प्रमुख सचेतक र सचेतक नियुक्त गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस