कृषि विकास बैङ्कको सिइओ गुरुङले गरे पदभार ग्रहण « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कृषि विकास बैङ्कको सिइओ गुरुङले गरे पदभार ग्रहण


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् ।

बैङ्क सञ्चालक समितिको शनिवारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् ।

सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैङ्क सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो ।

नवनियुक्त सिइओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

उनी यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैङ्कको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए । विदेशी बैङ्कको सिइओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुन् ।

यसअघि उनी सिभिल बैङ्कको सिइओ समेत थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबिए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैङ्कबाट आफ्नो बैङ्किङ करियर सुरु गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस