नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पूर्व अध्यक्ष र रजिस्ट्रार सम्मानित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पूर्व अध्यक्ष र रजिस्ट्रार सम्मानित


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले २७ औँ वार्षिकोत्सवको अवसरमा परिषद्का पूर्व अध्यक्ष र पूर्व रजिस्ट्रारहरूलाई सम्मान गरेको छ ।

बुधवार परिषद्को वार्षिकोत्सवको अवसरमा पूर्व अध्यक्षहरू भरत झा, प्रा.डा. शिवकुमार राई, हरि कुमार लम्साल, डा. श्रवणकुमार मिश्र, दिपेन्द्र कुमार झा र राम प्रसाद भण्डारीलाई स्वास्थ्य मन्त्री पदम गिरीले सम्मान गरेका हुन् ।

यस्तै पूर्व रजिस्ट्रारहरू श्याम गौतम, राम सागर चौधरी, धनप्रसाद पौडेल, शोभा गौतम, कुम्भराज खाती र काशीनाथ रिमाललाई पनि दोसल्ला र प्रमाणपत्र प्रदान गरी मन्त्री गिरीले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस