थप दुई सहसचिवको सरुवा  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

थप दुई सहसचिवको सरुवा 


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सरकारले थप दुई सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई सहसचिवको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अर्थ मन्त्रालयका सहसचिव कमल भट्टराईलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्यहाँका सहसचिव रघुराम विष्टलाई अर्थमा सरुवा गरिएको छ । भट्टराईलाई कर्मचारी महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । 

नवनियुक्त मन्त्रीसँगै सचिव र प्रशासन महाशाखा प्रमुख फेरिइसकेका छन् । 

सम्बन्धित समाचार : दुई सचिवको सरुवा, सामान्यमा पुष्कर 

सोमबारकै बैठकले २६ जना सहसचिवको सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : २६ सहसचिवको सरुवा (नामावलीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस