सिंहदरवारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु : प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु : प्रचण्ड


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरवारबाटै गर्ने सोच बनाएको बताएका छन् । 

मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

प्रचण्डले भने, ‘‘मैले सिंहदरवारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु । विगतमा सिंहदरवार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ । यसपटक हामीले उक्त गल्ती दोहोर्‍याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरवारबाटै काम गर्ने सोचेको छु ।’’

‘‘यसपटक सिंहदरवारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ’’, प्रचण्डले भने, ‘‘प्रधानमन्त्रीले सिंहदरवारबाट काम गर्नु भनेको राज्यका सबै अङ्गहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो । राज्यका सबै अङ्गलाई जबाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो ।’’ 

Tags :
प्रतिक्रिया दिनुहोस