भारतले गर्‍यो १७ पाकिस्तानी बन्दीलाई रिहा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भारतले गर्‍यो १७ पाकिस्तानी बन्दीलाई रिहा


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको  छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्च आयोगले यसबारे पुष्टि गरेको छ।

उनीहरूलाई अटारी-वाघा सीमानाबाट रिहा गरिएको थियो । सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ । 

‘हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ,’ पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस