राजस्व चुहावटको क्षेत्रमा निगरानी बढाएर दोषीलाई कारबाही गर्नुपर्छ : राजस्व सचिव  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राजस्व चुहावटको क्षेत्रमा निगरानी बढाएर दोषीलाई कारबाही गर्नुपर्छ : राजस्व सचिव 


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । राजस्व सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनमा रहेका कमीकमजोरी तत्काल हटाएर राजस्व चुहावटको दृष्टिले जोखिमयुक्त क्षेत्र निगरानी बढाउनुपर्ने बताएका छन् । 

७१ औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

राजस्व चुहावटको दृष्टिले जोखिमयुक्त क्षेत्र निगरानी बढाएर कानुनविपरीत कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउनुपर्नेमा उनको जोड छ ।  

यस्तै भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार कार्यालयको संस्थागत सुधारका लागि सरकारले निर्धारण गरेको नीति, विधि र कानुनअनुसार कार्यसम्पादन भइरहेको बताए।

विभागले समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउन, अवैध व्यापारको निगरानी गर्ने तथा चोरी पैठारीबाट हुने चुहावट नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायसँगको समन्वय अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले अन्तर्राष्ट्रिय व्यापारका मान्यताको परिपालना गर्दै व्यापार सहजीकरण र राजस्व सङ्कलन गरी राष्ट्र निर्माणका लागि आवश्यक पर्ने स्रोत जुटाउने कार्यमा दायित्व बोध गर्न आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस