भन्सार सुधार र आधुनिकीकरण कार्य योजनाको कार्यान्वयनमा जोड दिनुपर्छ : अर्थ सचिव « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भन्सार सुधार र आधुनिकीकरण कार्य योजनाको कार्यान्वयनमा जोड दिनुपर्छ : अर्थ सचिव


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । अर्थ मन्त्रालयका सचिव तोयम रायाले सरकारले विभिन्न चरणमा अगाडि बढाएको भन्सार सुधार र आधुनिकीकरणका रणनीति तथा कार्ययोजनाको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

७१ औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रायाले यस्तो बताएका हुन् । 

उनले अन्तर्राष्ट्रिय व्यापारका मान्यताको परिपालना गर्दै व्यापार सहजीकरण र राजस्व सङ्कलन गरी राष्ट्र निर्माणका लागि आवश्यक पर्ने स्रोत जुटाउने कार्यमा दायित्व बोध गर्न आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस