विमान दुर्घटना : मृतकको शव भोलि परिवारलाई बुझाइने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विमान दुर्घटना : मृतकको शव भोलि परिवारलाई बुझाइने


१ माघ २०७९, आइतबार


काठमाडौँ । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र आज सङ्कलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।

पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

शाहीका अनुसार पहिचान नभएका शवको डिएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डिएनए भोलि नै काठमाडौँ पठाइने उनले बताए ।

६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस